लघुकथा

सुधा स्वास्थकर्मी हुन्। उनलाई बुवा आमाले प्राविधिक शिक्षा दिए जहसँ गए पनि काम गरेर जीवन चलाउन सहज हुन्छ भन्ने गहकिलो सोचाइ थियो। उनी सरल,सुशील,दयालु र स्पष्ट वक्ता थिइन्।  उनी कसैलाई पराइ देख्दिनथिन्।कारण उनले बाबू आमाबाट यही संसकार पाएकी थिइन्।

उनको बाबू समाजिक सेवक भएर होला उनलाई पनि समाज सेवाप्रति धेरै रुचि थियोे र उनी समाजमा छुट्टै आफुले गर्न सकेको काम गर्ने र सबैसँग सधैं मिल्नुपर्छ भन्ने भावना राख्थिन्। सकेको काम सानैदेखि वातावरण जोगाउनुपर्छ भन्ने ज्ञान थियोे उनीमा र उनले साथीहरू बटुलेर बृक्षारोपण गरेकी थिइन्।

साथै उनलाई नयाँ नयाँ साथीहरू बनाउन र नयाँ ठाउँका बारेमा जानकारी लिन र दिन मनपर्ने हुनाले उनले पत्रमित्रता मार्फत धेरै साथीहरू बनाइन र उनीहरुसँग आफनो ठाउँका बारेमा जानकारी दिँदै अरुबाट पनि लिन थालिन्।अरु जिल्लाका साथीहरू भन्दा आफु भाग्यमानी भएको महसुस पनि गरिन् । कारण अझै धेरै जिल्लामा बत्ति बाटो नपुगेको र स्वास्थ र शिक्षाको पनि राम्रो पहुँच नपुगेको कुरा उनले विभिन्न जिल्लाका साथीहरुबाट थाहा पाइन।

उनलाई पढ्ने,लेख्ने बाहेक सिर्जनात्मक कामहरुमा नि असाध्यै रुचि थियो। उनी स्वास्थ क्षेत्रमा काम गर्न थालिसकेकी थिइन्।उनी गाउँमा काम गर्थिन्।  धेरैजसो हिड्न नसक्ने बिरामीहरुलाई घर घरमा गएर जाँच्ने काम गर्थिन्।यसै क्रममा उनले एक जना ९० वर्षको बुढा मान्छे जस्को नाम गङ्गाराम थियो उनलाई हप्ताको एकपटक जाँच्न जानू नियमित जस्तो भैसकेको थियो।

प्राय बुढा एक्लै हुन्थे। सकेसम्म सुधा धेरैबेर उनीसँग बसेर समय बिताइदिए हुन्थ्यो जस्तो गरि पुराना कुराहरु गर्दै धेरै तड्पिन्थे । सुधालाई नातिनी जस्तै लाग्छ भनी धेरै कुराहरु गर्थे । सुधा पनि सकेसम्म बस्न मन गर्थी र सुन्थी पनि तर स्वास्थ चौकीमा अरु बिरामी कुरिरहेको फोनले उनी जान बाध्य हुन्थिन्। दमका, सुगर र प्रेसरका बिरामी गङ्गारामले गरेको कुराले सुधाको मनमा ठूलाठूला भुइचालो नि जान्थ्यो।

उनी सानैदेखि मान्छे मर्नैपर्छ भने एक अर्कामा रिस,द्वेष,मनमुटाव र लुछाचुँडी किन त ? यो उनको मनमा गढेर बसेको प्रश्न पनि हो। झन् बुढा मान्छेको कुराले उनलाई थप प्रेरणा पनि मिल्यो र एक किसिमको दुख पनि लाग्यो । आज जुन पश्चातापको आगोमा उनी छट्पटीरहेछन् त्यो न त सुधार गर्न मिल्छ न त सच्याउन नै तर उनलाई पोलिरहेछ हरक्षण ती कर्मले।

उमेर छँदा धेरैलाई ठगेको, लुटेको र षड्यन्त्र गरि अरुलाई फसाएको कुराले उनी यस्तो दलदलमा पसेका रहेछन् । मात्रै छोराछोरी र परिवारका लागि तर ती परिवार सबै आआफनै बाटोमा हिडिसके उनलाई एक्लै छाडेर बस् एउटा सुसारेको भरमा सबै परदेशी माटोमा मस्त छन् ।

उनलाई छोराछोरी नातिनातिनाहरुसँग यहीँ आँगनमा खेल्ने रम्ने चाहना थियोे रे तर सबै सपना भयो मैले के पाएँ त ती सबलाई रुवाएर भन्दै भक्कानिए। हो आज उनी बितेको नि दस वर्ष भएछ ।

तर सुधालाई उनको त्यो रहर,चाह पूरा गर्न मन थियोे तर बुढाले कसैलाई नभन्न र भनेपनि उल्टै आफैंले गाली खानुपर्ने हुनाले उनलाई बचनमा बाँधेर ती कुरा सुनाएका थिए।मानिसले बल,उमेर छँदा जति नै पाप गरेपनि अन्त्यमा त्यसले भित्रभित्रै पोल्ने रहेछ।

र त्यो अन्तिम घडीमा कुनै उपाय नहुने रहेछ।जसरी हुन्छ मात्र सत्कर्म गरौं भन्ने सुधाको सोचमा थप हौसला दिने ती गङ्गाराम बाको आत्माले शान्ति पाओस् ।

द.न.पा. ३ फर्पिङ ।