गेडि

१)

पुग्नु पर्ने काँ थियो ,पारे जाल झेलैमा।
के फाईदा हुदो हो, मर्का बुझ बेलैमा ।
बन्दैमा)२
म परेछु यतै फन्दैमा ।

२)

कतै सुख बाचेर, कतै पिर बोकेर।
कति आफै बेचिनु, जिन्दगानि जोखेर।
साथी हो,
हाम्रो भेट अब माथी हो।

३)

माग्या भए मैले नि, मुटु झिकी दिन्थे म।
उनले जे जे खोजेको, चाहे जति किन्थे म।
जुनि भो।
पर्खी बसे के पो हुनि हो।

४)

उठाएर औंला यो, आफ्नै बारे बोल्नेछ।
मालिकका विरुद्ध सबै कुरा खोल्ने छ ।
भिरैमा
मर्नु बाच्नु भयो पिरैमा।

५)

चिन्ता थेन भोकको, नत कतै खाना थ्यो।
खुल्लै थियो आकाश, नत घर्को छाना थ्यो।
बाटैमा,
खेल्यो हुर्क्यो यहि माटैमा।

६)

आफ्नै पाखा पखेरो, गाउँ बेसि मेलैमा।
मातृ भुमी सम्झेर , फर्की आउ बेलैमा।
दुखैमा )२
रम्दै घुम्दै बाचौ सुखैमा।

७)

रैछ उस्को बहाना, राख्छु भनी आँखैमा।
छुरा रोपि हिडि उ, राखी आज काखैमा।
जैलेनि, )२
दिन्न भन्थी धोका कैले नि।

चिङ्गाड गाउँपालिका -४, सुर्खेत