बरु दुश्मन साथ दिन दुखमा आउँछ…

मेरो मित्र रमिता गर्न सुखमा आउँछ
बरु दुश्मन साथ दिन दुखमा आउँछ ।

जमीनमा टेकेर अनी माथी फर्कियर
आकाशमा थुक्नुस आफ्नै मुखमा आउँछ ।

बिरामी आमाको सन्देश लियर चरी
आगन नाजिक छेउको रुखमा आउँछ ।

थोरै मदिरा पिउनुस भट्टीमा गएर
साउनीको मुस्कान पनी छुटमा आउँछ ।

यसरी बनेको थियो चट्टान यो छाती
मनको ईतिहास टुट फुटमा आउँछ ।