जलाईरहयो आगोले ओदान बनायर….
प्रकासित मिति : २०७७ बैशाख १२, शुक्रबार ११:५४
प्रकासित समय : ११:५४
मलाई हर समस्याको समाधान बनायर।
जलाईरहयो आगोले ओदान बनायर ।
अरे यो मानवताको आडम्बर पहाड
के बनाउन खोजेका हुन मैदान बनायर ।
म त्यहीँ मान्छेको भिडमा सरिक थिए
उ बेच्दै थियो, बाध्यता मुस्कान बनायर ।
मन्दिर राखिदियो बिश्वास राखिदियो
फेरि किन गयन पत्थरमा प्राण बनायर ।
कहाँ कहाँ गए,लुटेरा जस्ता आफन्तहरु
दयारामको बस्तीलाई सुनसान बनायर ।
बिनौना ५ बाँके