म्याग्दीबाट राप्ती गाउँपालिकामा आएका ११ जना क्वारेन्टानमा भर्ना
प्रकासित मिति : २०७७ बैशाख १२, शुक्रबार ०९:३७
प्रकासित समय : ०९:३७
भालुवाङ ,म्याग्दीबाट राप्ती गाउँपालिकामा आएका ११ जना युवाहरू मध्ये ६ जनामा ज्वरो देखा परेपछि ११ जनालाई नै क्वारेन्टानमा भर्ना गरिएको छ ।

मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा घुलमिल हुँदै विहिवार दिउँसो १ बजे बराखुट्टी आइपुगेका उनीहरूलाई २ नम्बर वडा अध्यक्ष जगतबहादुर थापाको पहलमा लालमटिया स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य चेकजाँच गर्दा ६ जनामा ज्वरो आएको पाईएपछि स्वास्थ्यकर्मी र सुरक्षा निकायको निगरानीमा विहिवार राति लालमटियामा रहेको एेरावती आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा भर्ना गरिएको वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।
भर्ना गरिएका सवै १४ देखि २८ वर्ष उमेरका युवाहरू रहेको राप्ती गाउँपालिका स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिएका छन् । हाल क्वारेन्टाइन ६ कोठामा १६ वेड रहेको छ ।

