६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४९
प्रकासित मिति : २०७७ बैशाख १२, शुक्रबार २०:३२
प्रकासित समय : २०:३२
काठमाडौं, कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
नयाँ संक्रमित व्यक्ति झापाका ६२ वर्षका पुरुष रहेको बताइएकाे छ । हालसम्म प्राप्त विवरण अनुसार उनी आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।

