लकडाउनका कारण जनसंख्या बढ्ने चिन्ता,घर घरमा कण्डम बाँडिदैं

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउनका कारण श्रीमान् श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न थालिएको छ ।

भारत उत्तर प्रदेश अन्तरगतको स्थानीय सरकारले घरघरमै गएर नि:शुल्क कण्डम वितरण गर्न थालिएको भारतीय सञ्चारमाध्यमहरूले खबर सम्प्रेषण गरेका छन् । उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम लगायतका परिवार नियोजन कीट बाँड्न निर्देशन दिएको जनाइएको छ ।

स्थानीय सरकारको निर्देशन पछि स्वास्थ कर्मचारीहरूको टिमले स्थानीयको घर घरमा गएर नि:शुल्क कण्डम सहितका परिवार नियोजनका अस्थायी साधनहरू बाँंडिरहेका छन् । लकडाउन पछि जनसंख्या वृद्धि अर्को समस्याको रूपमा नआओस् भनेर यस्तो उपाय अपनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।