बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख १२, शुक्रबार ०७:१९
प्रकासित समय : ०७:१९
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाए ।
एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।
बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ९९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । आजको तथ्यांक हेर्दा बेलायतमा संक्रमण दर केही घट्दो दरमा देखिएको छ ।