कोरोनाबाट निको भएका डाक्टरको, एकाएक छालाको रंग यसरी बदलियो

चीनका यी दुई डाक्टर कोरोना संक्रमणपछि निको त भए तर उनहिरुको छालाको रंग भने परिवर्तन भएको खबर छ । उहान शहरमा बिरामीको उपचार गर्दा कोरोनाबाट संक्रमित हुन पुगेका दुई डाक्टर यी फान र डाक्टर हु विईफिङको उमेर ४२ वर्ष भयो ।

उनीहरुमा उहान केन्द्रीइ अस्पतालमा काम गर्दै गर्दा १८ जनवरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीका अनुसार दुबैलाई उहान पुल्मोनारी अस्पताल लगियो र त्यसपछि दुईपटक अन्यत्र सारियो ।

भाइरसले कलेजोमा क्षति पुर्याएपछि उनीहरुमा हर्मोनल असन्तुलन देखिएको र छालाको रंग बदलिएको समाचारमा उल्लेख छ । तर, सुरुवातदेखि उनले सेवन गरेको औषधीको असरका कारण छाला कालो भएको एक डाक्टरको अनुमान छ ।एजेन्सी