कोरोनाबाट फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख १२, शुक्रबार ०७:२८
प्रकासित समय : ०७:२८
एजेन्सी, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले फ्रान्समा अहिले सम्म मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ५१६ जनाले ज्यान गुमाएका छन् । एकै दिन २ हजार २३९ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार १८३ पुगेको छ ।
फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।