“पश्चाताप”

कुनै एउटा गाउँमा चन्द्रमान नाम गरेको गरिव बस्दथ्यो । ज्याला र मजदुरी गरेर खुसिसाथ जिविकोपार्जन गरिरहेको थियो । एकदिन उसलाई एउटा साहुको खेतमा धान काट्न बोलाईयो । दिनभरि धान काटेर उ घरमा गएर सुत्यो। कामको थकाईले सवेरै निदाएको सपनामा धेरै धानको ठूलो मालिक बनेको देख्यो ।अनि विहानै उठेर उस्ले अवदेखि दुख्ख नगर्ने प्रण गर्यो।

एउटा ठुलो झोला भिरेर उ साँझ पख घरबाट निस्कन्थ्यो । मध्यरातमा फर्कन्थ्यो । गाउँलेहरुका खेतबाट झोपिला धानका बालाहरु काटेर ल्याउँदा ल्याउँदै उसले बर्षमा पाँच मन सम्म धान जम्मा पार्ने गर्दथ्यो । गाउँलेले भने कस्ले यसरी धान काटेर लान्छ पत्ता लगाउन सकेका थिएनन।

उसकी श्रमति र एउटा सानो छोरो थियो। श्रीमती लाटि र सोझि केही नजान्ने नबुझ्ने थिई। छोरो भने चतुर र बाठो थियो। बाबुका ती कर्तुतहरु नियाली रहेको थियो। त्यो परिवारमा अभावको जिन्दगिमा केही राहतका पलहरु थपिद‌ थिए । खानाको दुख थिएन । अरु ब्यवस्थापनमा हम्मेहम्मे पर्दथ्यो।

एकदिन चन्द्रमान आफ्नो सानो छोरालाई लिएर टाढाको बजारमा गयो। लत्ताकपडा र केही घरायसी सामान किन्नु थियो। शहर निकै भिडभाड थियो । उसको छोरो त्यहि भिडमा हरायो ।खुव खोज्यो । रोयो करायो तर भेटेन अनि घर फर्कियो । छोरो हराएको पिरले आमा पनि खुव रोई, अनेक विलौना गरे।

समय यसरी नै वित्दै गयो । चन्द्रमानले चोरेरै जीवीका चलाई रह्यो। उनिहरु बुढाबुढी हुँदै गए। चन्द्रमानकी श्रीमति विरामी परी,ऋण सापटी गरेर शहरको ठुलो अस्पतालमा लग्यो। रोग पुरानो भएकोले अप्रेसन गर्नु पर्ने भयो। अप्रेसन पनि भयो ,तर श्रीमतीलाई बचाउन सकेन । एउटा सेतो कपडाले छोपिएको डाक्टर आएर भन्यो- सरि उहाँलाई बचाउन सकिएन माफ गर्नु होला।

चन्द्रमानलाई त्यो डक्टरको अनुहार कता चिने जस्तो लाग्यो । त्यसछि उसले बुझ्ने प्रयास गर्यो । नभन्दै शहर आउँदा हराएको आफ्नै छोरो रहेछ। एउटा मनकारी धनाड्यले भेट्टाएर पालपोष गरि त्यो स्थान सम्म पुर्याएछ।

चन्द्रमानलाई छोरो भेटिएको खुसि र श्रीमती गुमाउँदाको दुख एकै साथ परेको थियो। त्यो डाक्टरले भने जब बाबुलाई चिन्यो, अनि आमाको खवर सोध्यो। भर्खरै लास बनेकी आमा हुन भन्ने चिनेपछि त्यो डाक्टर छाति पिटि पिटी मुर्छा परेर रुन थाल्यो। डाक्टरको अश्वभाविक ब्यवहारले धेरै मान्छेहरु भेला भए। डाक्टरले देखाउँदै थियो । उहाँ मेरो बाबा ! बाबाक‌ो कारण आमाको हत्यारा बने,म धेरै कमाउने लोभले किड्निको ब्यापारमा लागे । म अपराधी हुँ आफ्नी आमाको पनि हत्या गरे।

चन्द्रमान आफ्नो कुकर्मको प्रभाव सन्तान सरेको र यसैको असर स्वरुप बज्रपात आफैमा परेको पश्चतापले जलि रहेको थियो ।

सुर्खेत ।