कहिल्यै हटेन कालो बादल जिन्दगीको….
प्रकासित मिति : २०७७ बैशाख ११, बिहीबार १०:०७
प्रकासित समय : १०:०७
कहिल्यै हटेन कालो बादल जिन्दगीको
सुखद रहेन कसैको एकपल जिन्दगीको ।
जब उधारो तिर्नेहरु घट्दै जान थाल्छन
बन्द गरिदिन्छन् सबैले पसल जिन्दगीको ।
आमा गुमाए पछि थाह भयो मेरा बालाई
कस्तो बेहाल हुनेरहेछ एकल जिन्दगीको ।
के को लागि तछाड मछाड गर्दैछौ हामी
मृत्यु मात्रै सत्य हो प्रतिफल जिन्दगीको ।
ति मानिसहरु संधै भुलभुलैयामा हुन्छन्
जो जसले बिर्सन्छन् धरातल जिन्दगीको ।
जाजरकाेट ।