भोजपुरमा पनि भेटिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ४८

काठमाडौं, भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए । आजैमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

सोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यस्तै संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।