पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश
प्रकासित मिति : २०७७ बैशाख ११, बिहीबार १५:४३
प्रकासित समय : १५:४३
काठमाडौं, पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै बुधबार बेलुका पूर्वसचिव उपाध्यायलाई ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।