नवगठित जनता समाजवादी पार्टीलाई देउवाको बधाई
प्रकासित मिति : २०७७ बैशाख ११, बिहीबार २१:२७
प्रकासित समय : २१:२७
काठमाडौं, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित जनता समाजवादी पार्टीलाई बधाई दिएका छन् ।
संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा पार्टी तथा व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको बताएका छन् ।

