थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४७

काठमाडौं, नेपालमा थप २ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ। बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

र्‍यापिड परीक्षणमा कोरोना पोजेटिभ आएपछि थप परीक्षणका क्रममा थप २ जनामा कोरोना संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। जनकपुर र उदयपुरका २ जनामा कोरोना संक्रमण देखिएको बताए।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्।