ट्रम्पले लगाए ग्रिनकार्ड र अमेरिका प्रवेशमा प्रतिबन्ध
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनकार्ड र विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन रोक्न भन्दै ट्रम्पले सो यो कदम चालेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । गत मंगलबार ट्रम्पले यस्तो प्रतिबन्ध थप ३० दिनका लागि या त्योभन्दा पनि लामो समयसम्मका लागि बढाउन सकिने बताएका थिए ।
ट्रम्पले अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाएको बताएका छन् । कोरोना भाइरस संक्रमणको प्रभावका कारण लाखौं अमेरिकीको रोजगारी गुमेको बताउँदै ट्रम्पले अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको कर्तव्य भएको बताए ।
ट्रम्पको चुनावी एजेण्डाले अहिले कार्यान्वयन हुने देखिएको छ । उनले चुनावी प्रचारकै बेला आप्रवासीहरुप्रति कठोर बन्ने बताएका थिए ।