कोरोना कारणः विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री क्वारेन्टाइनमा

काठमाडौं, विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री सना मरीनले आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी छन् । फिनल्याण्डकी प्रधानमन्त्री मरीनले आफ्नो घरमा काम गर्ने एक व्यक्ति कोरोना संक्रमित व्यक्तिसँग भेटेको थाहा पाएपछि आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी हुन् ।

प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको बयानका अनुसार मरीनको टेस्ट नेगेटिभ आएको छ । उनमा केहि संक्रमणका लक्षणहरु नभएको बताइएको छ ।

३४ वर्षकी सना गत डिसेम्बरमा विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री बनेकी थिइन् । त्यस यता उनी धेरै चर्चामा आईरहेकी छन् ।

संक्रमित व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सना मरीन प्रधानमन्त्री बने लगत्तै उनको सामु कोरोना भाइरसको ठूलो चुनौति खडा भएको छ । एजेन्सी