अध्यादेश तत्काल फिर्ता लिनुपर्ने नेकपाका ६ सचिवालय सदस्यको निष्कर्ष
काठमाडौँ, नेकपाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेका छन् । बिहीबार नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैसीपाटीस्थित निवासमा भएको भेलाले उक्त निश्कर्ष निकालेका हुन ।
स्रोतका अनुसार अध्यादेश जारी गरेर सरकारले ठीक नगरेको र पार्टीलाई ठूलो क्षति पुर्याएको निश्कर्ष निकाल्दै तुरून्तै फिर्ता लिनु पर्ने निश्कर्ष निकालेका हुन । भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा सचिवालय सदस्यहरु बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी सहभागी रहेकाे बताइएकाे छ ।
प्रधानमन्त्री ओली निकट महासचिव विष्णु पौडेलसहितको भेलाले निकालेको यो निश्कर्षलाई अर्थपूर्णरुपमा हेरिएको छ ।यसअघि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यादेशबारे छुट्टाछुट्टै परामर्श गरेका थिए।

