अटो चालकमा कोरोना संक्रमण देखिएपछि, चढ्नेहरु चिन्तित

उदयपुर,  जिल्लामा एक अटो चालकमा पनि कोरोना संक्रमण देखिएकाे छ । विदेशबाट आएर अटो चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमित देखिएको हो । एकै परिवारका ५ जना संक्रमितमा अटो चालक पनि पर्छन् ।

अटो चालकसहित उनका १८ वर्ष छोरा समेत कोरोना संक्रमित भएका छन् । उनका ४१ वर्षीय ज्वाई, ज्वाईका १८ वर्षीय जेठो छोरा, ३६ वर्षीय बहिनी पनि संक्रमित भएका छन् । बहिनी ज्वाई गाईघाटमा बस्दै आएका थिए । लकडाउनमा मात्रै भुल्के गएका हुन् ।

उनले भुल्के, मोतिगडा, गाईघाट, सोनुवा र मोथियाही लगायतका ठाउँमा अटो चलाउँथे । उनलाई संक्रमण देखिएपछि अटो चढ्नेहरु चिन्तित भएका छन् । उनलाई संक्रमण भएपछि त्रियुगा नगरपालिकामा चल्ने करिव ५ सय अन्य अटो चालक पनि चिन्तित भएको सिटी सफारी तथा अटो संचालक संघका अध्यक्ष जयप्रसाद आचार्य बताउछन।