अन्ततः झुके प्रधानमन्त्री ओली ! अध्यादेश फिर्ता लिने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली विवास्पद दुई अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन तयारभ एका हुन् ।
समाजवादी पार्टी फुटाउन गरिएको प्रयास पनि असफल भएपछि अध्यादेशको आवश्यकता सकिएको बताइएको छ । पार्टीका २० स्थायी समिति सदस्यहरुले बुधबार मात्रै स्थायी समित बैठकका माग गर्दै दुबै अध्यक्षसँग गरेका थिए । उनीहरुले अध्यादेश फिर्ता लिन दवाव दिने उद्देश्यले बैठकको माग गरेका थिए ।
सोही विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए ।
प्रचण्डसँगको छलफलमा ओलीले अध्यादेश फिर्ता लिने बताएको बताइएको छ ।
त्यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिइसकेका थिए ।
प्रधानमन्त्रीले जुनसुकै बेला पनि जारी अध्यादेश फिर्ता लिन सक्ने संवैधानिक व्यवस्था छ ।
समाजवादी पार्टी फुटाउन प्रधानमन्त्रीले षड्यन्त्र गरेको आरोप लागेको छ । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको पनि आरोप समाजवादीका नेताहरुले दाबी छ । यादव होटलबाट भाग्न सफल भएका थिए ।