समाजशास्त्रीय दृष्टिकोण: कोरोना,पुंजिवाद र सत्ता

संसारभर छरिएको कोरोना भाइरस (कोभिड) १९ को कारणले मानिसको सामाजिक अस्तित्वमा जनधनको क्षतिलाइ यो भयावह कसरी रोकिन्छ भन्ने सजिलै आंकलन गर्न सकिदैन । कोरोनाको यात्रालाइ विस्वव्यापी रुपमा निर्मुल पार्न अझै मानिसहरुले भौतिक शरिर कोरोनालाइ प्रदान गरे वापत यसको न्यूनीकरणको विन्दुमा पुगिन्छ कि या विनास अझै भोग्नुपर्छ भन्ने अनुमान बाहिरको विषय बनेको छ।

कोरोनाले आफु जन्मिदै लिएको यो रुपले आजसम्मको विस्व स्वास्थ्य संगठनको आंकडा हेर्दा संसारभर २४०२२५० को संख्यामा संक्रमित भएको र १६३०९७ संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छ्न। त्यसैगरी यसको मुख्य भारमा अल्पविकसित देश हुनु झन भयावहको अवस्था हो ।

यसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सो संग सम्बन्धित विज्ञ नै यो रोग नियन्त्रणका सिपाही हुन। वर्तमानको अवस्थालाइ नियाल्दा विस्व परिवेशको कोरोना भयावहलाइ महत्वपूर्ण ढंगबाट खोज अनुसन्धान गरि यसको रोकथाम र स्थायी नियन्त्रण कसरी हुन्छ भन्नु नै रहेको छ ।  मानिसको सभ्यता र अस्तित्व माथी प्रश्न चिन्ह खडा गरेको कोरोना भाइरस कसरी रोकिएला आम विस्व जनसमुदायको आंकलन भन्दा बाहिरको कुरा बनेको छ।

यसबाट मध्यनजर राख्दै आम मानिसले यसबाट बच्न अवलम्बन गर्ने सामाजिक दुरी कायम गरेर बस्ने स्वास्थ्य विज्ञको अनुरोध गरेका नियमको पालना गर्ने र सरकारले गरेको लकडाउन को अवधीभर साथ दिइ आफु ,परिवार ,समाज र सिंगो राष्ट्रलाइ यसबाट जोगाउने दायित्व आम नागरिकको पनि हो।

नेपालको शन्दर्भलाइ हेर्दा अधिकांश मानिसले आफ्नो स्वतन्त्रता खोजिरहेको बुझियो किन कि लकडाउनको समयमा सयौ को संख्यामा मानिसहरु रातको समयमा पैदल हिंडेर भिड्भाड गर्दै हिंड्नु ले आम मानिसको चेतनाको स्तर माथी समेत प्रश्न चिन्ह खडा गरेको छ।

यसको सहजता को लागी कुनै पनि गाउपालिका लगायतका स्थानिय निकायहरुले ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्नु पर्ने अवस्थाका मजदुरहरुको लागी सरकारले लकडाउन पुर्व गर्नु पर्ने र यसबाट हुने सम्भावित लकडाउन उल्ल्घंन जोखिमलाइ ख्याल गरी मजदुरको अवस्थालाइ समबन्धित स्थानीय निकायले मजदुरको संख्या एकिन गरी खाद्यान्न को बन्दोबस्त र सास्ती हुन बाट जोगिने उपाय नखोजिनुले सरकारले मजदुर गरिखाने वर्गको नजरमा सरकारको साख घटेको पक्कै पनि छ होला भन्ने अनुमान लगाउन सकिन्छ।

सोलु देखी सुदुर सम्म उपत्यकादेखी अन्य प्रदेश सम्म पैदल हिंडेर जाने मजदुरको मनोविज्ञान के भए होला ?  सहज अनुमान गर्न सकिन्छ यसबाट पाठ सिक्दै आगामी दिनमा हुन सक्ने सम्भाव्य जोखिमको अवस्थालाइ मध्यनजर राख्नु सरकारको पहिलो कर्तव्य हो भन्न सकिन्छ ।

छिमेकि मुलुकमा समेत कोरोनाको भयावह स्थितीले गर्दा हाम्रो देश कोरोना खतरामुक्त छ भन्न सकिदैन। खुल्ला सिमाना खाद्यान्न आपुर्ती हाम्रो परनिर्भर अर्थब्यबस्थाले अझ बढी हामिलाइ चिन्तित बनाएकै छ। त्यसैले गर्दा स्थानीय निकाय प्रदेश र संघसंगै जोडिएर खाद्य भण्डार कृषि उत्पदनमा जोड व्यवस्थित आपुर्ती सहजीकरण जस्ता कार्यमा ध्यान दिनु उपयुक्त देखिन्छ।

पुंजिवादी चरित्रको शन्दर्भमा सबैका आ आफ्ना धारणा रहेका छ्न भने खास गरी पुंजिवादले बढी भन्दा बढी नाफा कमाउने भावनाबाट ओतप्रोत हुने लक्षित व्यवस्था संग समबन्ध राख्दछ। यसले उत्पादन प्रणालिमा रहेका पुंजिको आधारमा निर्माण भएका वस्तु र सेवालाइ बढी भन्दा बढी नाफा कमाउने उद्देस्य खोज्दछ।

पुंजिवादको नजरमा हाम्रो जस्तो मिश्रित अर्थव्यवस्था भएको मुलुकमा शिशु पुंजिवादको उदय पनि झांगिदै गएको छ भने यसले कुनै वर्ग, जनताको आवस्यकता,सामाजिक ,सांस्कृतिक मानविय मुल्यमान्यता प्रती चासो राख्दैन। हाम्रो शन्दर्भमा पुंजिवाद शहर केन्द्रीत मानविय आचरणले मानिसको संस्कृति ,आफ्नोपन मानवियता सबैलाइ निल्दछ।

यस्तो विनासकारी मानविय सभ्यता माथी कोरोनाले गरेको आक्रमण दुखदायीपुर्ण छदैछ भने माथिल्लो वर्गमा हुने गरेका नाफामुखी र जनता भन्दा व्यक्ती प्रधान विलासी र शुखी जिवन र समपन्नताको लागी यो महामारिमा अधिकतम धन कमाउने अवसर समेत पुंजिवादी चरित्रका वर्गलाइ कोरोनाले अवसर प्रदान गरेको छ।

यसको उदाहरण गनेर साध्य नै छैन मेडिकल माफिया ,र ठुला ठुला ब्राण्डेड भ्रष्टाचारको लागी पुंजिवादी नाइकेहरु बहुत अग्रसर रहेका छन भने पुंजिवादी चिन्तन बोकेका मानिसले यो समय अझै लम्बियोस समेत चाहेका छ्न । यता तिर भने यसको मारमा गरिव मजदुर ज्याला गरेर खाने मानिस यसको मुख्य चपेटामा रहेका छ्न।

सत्ताको शन्दर्भलाइ हेर्दा नेपालको इतिहासमा यति धेरै बलियो कम्युनिस्ट सरकार कहिले पनि थिएन । दुइ तिहाइ सरकार छ गाइगुइ दुइतिहाइ भएर के भो भन्ने को जमात नजर अन्दाज गर्न नसकिने खालको ठुलो छ। यति धेरै जनताको आसालाइ निराशामा बदल्न सरकार सफल भयो कि यो घाम जस्तै छर्लङ्ग छ।  यसलाइ आम मानिसले बुझ्न सक्ने गरी यति धेरै करिब आधा दर्जन भयंकर काण्डमा सरकार मुछियो ।

यसबाट झन गिर्दो नेकपा को पहिचान जनता माझमा छ भने नेकपा भित्र कित्ता कित्ताम नेतृत्व छ भने ति कित्तामा रहेका मानिसहरु कोहि प्रगतिशील विचार धाराबाट प्रभावित छ्न भने कोहि दक्षिणीपन्थी कित्तामा रहेर आफुलाइ सर्वेसर्वा ठानिरहेका छ्न। सामाजिक ,आर्थिक,राजनितिक चेतनाका स्वरुपहरु नेतृत्वमा छरपस्ट छरिएका छ्न। आम मानिसले बुझ्ने गरी नेकपाको प्रदर्शन देख्न पाइन्छ ।

बढी भन्दा बढी घेराबन्दिमा दुइ तिहाइको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नै देखिन्छ्न यसको कारण आम रुपमा बुझिएको छ। शक्तिशाली प्रधानमन्त्री को रुपमा रहेका ओलिको शाख पहिलो प्रधानमन्त्री काल भन्दा अहिले धेरै नै गिर्दो अवस्थामा देखिन्छ।

प्रधानमन्त्री ओलिको इतिहासलाइ समेत पाटी भित्र र बाहिर बाट फरक ढंगबाट विष्लेशण गर्न थालिएको छ। नेकपा नेतृत्व भित्र भएका ठुला ठुला भ्रष्टाचार का काण्डले झन नेकपा को भविस्य माथी नै प्रश्न चिन्ह खडा गरेको छ । यसले आगामी दिनको लागी थप चुनौती थप्दै त छदैछ भने विशाल संगठन आम कार्यकर्ता मा समेत पाटिले केहि गर्न सकेन भन्ने समेत रहेको देखिन्छ। नेकपा भित्र को आन्तरिक अवस्था कमजोर नै छ यसले अझ बढी आन्तरिक दरार पैदा गर्ने ,जनताको जनमतलाइ कदर नगर्ने ,एउटा पक्ष ओलिलाइ कमजोर पार्ने र अर्को समुह कसरी प्रधानमन्त्री पाउने भन्ने लालचमा अध्यक्ष द्वय विच फाटो पारेर अवसर लिने दाउमा छ्न ।

यसले गर्दा नेकपा भित्र चुनौतिका चाङहरु थुप्रीदै छन ।सत्ताको भोक भएपछी आम पाटी कार्यकर्ता जनमत को वास्ता हुंदैन भन्ने घाम जस्तै छर्लङ्ग छ। सत्ता को मात लागेपछी जस्ता पनि निर्णय गर्ने ,भ्रष्टाचारका दोसिलाइ उम्काउन खोज्ने प्रवृतिलाइ निरुत्साहित नगर्दाको परिणाम आगामी दिनमा नेकपाले भोग्छ भन्ने अनुमान लगाउन सकिन्छ।

इतिहास हेर्दा कम्युनिस्ट माओ आचरण बोकेका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री नहुन्जेल उनको लागि वर्ग पाटी कार्यकर्ता प्रमुख थियो । जतिबेला प्रधानमन्त्री बनिसके पछि लात हान्दिए । अहिले नेकपामा सचिवालय छ बिना परामर्श अध्यादेश ल्याउनु पाटी भित्र र बाहिर आलोचना खेपिनु जनमत जनता र कार्यकर्ता माथिको अबमुल्यन हो। आन्तरिक पाटी सुदृढीकरण गर्न नसक्नेहरुबाट समाजवाद को नारा गाइनु उचित देखिदैन।तसर्थ सत्ताको अगाडी नेता कार्यकर्ता जनता जनमत गौण हुंदो रहेछ।