राजमाे दाङले भिडियाे कन्फेन्स मार्फत मनायाे लेनिन जयन्ती

दाङ, राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिको आयोजनामा लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस सम्पन्न भएको छ । २२ अप्रील १८७० मा भोल्गा नदिको नजिक रुसमा लेनिनको जन्म भएको थियोे । २००६ साल बैसाख १० गते लेनिन को जन्म दिन पारेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे ।

अहिले कम्युनिस्ट पार्टी विभिन्न चिरामा भए पनि सबैको स्थापना यहि हो । अहिलेको असहज परिस्थितिका कारण भौतिक रुपमा साथै रहेर कार्यक्रम गर्न नसकेता पनि भिडियो कन्फरेन्स मार्फत उक्त कार्यक्रम भएको हो । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले लेनिनको जन्म र जिबनीको बारेमा प्रकाश पार्दै नेपाली कम्युनिस्ट आन्दोलनको बर्तमान अबस्थाको बारेमा बताएका छन् ।

उनले बर्तमान नेकपाको सरकार कम्युनिस्ट ब्यबस्थाको सारथी होइन बाधक भएको कुरा बताए । उनले अहिलेको प्राकृतिक बिपत्तिको बेला पनि विभेद गरेको र ठिक ढंगले बिपत्ति सामना गर्न लाग्न नसकेको कुरा बताए । त्यसै गरि अहिलेको कोरोना भाइरसको कारणले कामदार र कमजोर आर्थिक अबस्था भएका जनताको सहयोगी बन्न सम्पपुर्ण नेता कार्यकर्तालाई अनुरोध गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुवेदी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला सदस्य रामप्रसाद पोख्रेल लगायतले मन्तव्य राखेका थिए । राष्ट्रिय जनमोर्चा घोराही १४ का अध्यक्ष नारायण खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर उपाध्यक्ष मनिराम खनालले गरेका थिए ।