रोकायाको पहलमा ३५ जना मजदुरको उद्धार

काठमाडौँ, नेकपाका जुम्लाका युवा नेता तथा संविधान कलेज अफ हेल्थ साईन्स हस्पिटलका अध्यक्ष पसल रोकायाले
आफनो पहलमा ३५ जना मजदुर तथा बिद्यार्थीहरुलाई उद्धार गरेका छन । रोकाया र भक्तपुर जिल्ला प्रमुख हुमकला पाण्डेले प्रहरी प्रशासनको समन्वय गरी उद्धार गरेका हुन ।

जुम्ला घर भई हाल काठमाडौ भक्तपुर बस्दै आएएका मजदुर विद्यार्थीलाई खान बस्नको समस्या भए पछि । उनिहरुले उद्धार गरेको बताएका हुन । उनिहरु अप्ठयारोमा परेपछि घर जानुको विकल्प थिएन हामीले समन्वय गरेर पठायौँ रोकायले भने ।

अलपत्र परेका मजदुर विद्यार्थी घर जान पाउने भएकाले खुशी भएका छन् भने उनीहरु जुम्ला पुगेसंगै कोरेनटाइनमा बस्ने पनि जनाइएको छ । यात्रु बहाक बस मंगलबार काठमाडौंबाट जुम्ला तर्फ प्रस्थान गरको सुचना खगेन्द्र मल्ल ठकुरीले जानकारी दिए ।