यहाँ मौन बसेकै कारण उचित हुन्छ भने…

१)

यसरी एउटा हार्दा अर्को जित हुन्छ भने
यहाँ मौन बसेकै कारण उचित हुन्छ भने
अब खाडी तिरैको बाटो तताउन्छु सरकार
यहाँ ठुलाबडाकै जागिर सुनिश्चित हुन्छ भने ।

२)

बेसाहरा जस्तै यो जीवन गरि दिउँला
तिम्रो नाम सारिमा यो मन गरि दिउँला
यति गर्दा पनि आखीर मेरी भैईनी भने
आएर तिम्रो घरमा आन्दोलन गरि दिउँला ।

 चन्दननाथ नगरपालिका २ खोलिकोट  ।