तपाईं लाखौ भएकालाई सय के होला ?

तपाईं लाखौ भएकालाई सय के होला ?
पछि फसिएला भन्ने पनि भय के होला ?

हामी सडकमै हुर्केर प्रीए सडक लाग्छ,
नसोध्नुस थाह छैन बिद्यालय के होला?

जरुरत हो मुटुलाई पनि बिर्सनु पर्ने मैले ,
भनी दिनुस त औषधि मोहदय के होला ?

न तिमिले हार्न जान्यौ न मैले जित्न सके ,
यहि पाराले हामी दुईको बिजय के होला ?

तपाईं मलाई घर बार सोधेर हसाई राख्नु,
हाम्रो खाने ठेगान हुँदैन परिचय के होला ?

 जाजरकोट हाल सुर्खेत ।