जिन्दगी जिउन अभाबले सिकाउदो रहेछ….

सिकाउदो रहेछ दबाबले के के सिकाउदो रहेछ
जिन्दगी जिउन अभाबले सिकाउदो रहेछ ।

तिमिलाई नजिकै भएको महसुस गर्न त
आँखा चिम्लिदा बतासले सिकाउदो रहेछ

निधार मात्र हेरी चिनिदो रहेछनछ मानिस
मुहार लुकाउन नकाबले सिकाउदो रहेछ ।

उसको सङ्गत गरे पछि यहि बुझ्दैछु म
कसै कसैलाई भुल्न शराबले सिकाउदो रहेछ ।

ब्यर्थै किन काँडालाई दोष दिने गर्छन
मुटु घोच्न त गुलाफले सिकाउदो रहेछ ।

 देवचुली ११,दलदले नवलपुर- हाल सामाखुशी काठमाडौं

९८५१०७८९६६ [email protected]