मानवीय सेवामा समर्पित सुर्यकिरणले ७० विरामीको घरमा औषधी पुर्‍याए

भालुवाङ, मानवीय सेवामा समर्पित अाशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीले ७० जना विरामीको घरमा अाैषधी पुर्‍याउन सफल भएका छन् ।

लकडाउनका कारण नियमित आैषधी सेवन गर्ने विरामीहरू अस्पताल सम्म अाउन नसक्ने अवस्थालाई मध्यनजर गरी राप्ती गाउँपालिका १ भालुवाङ निवासी संस्थाका अध्यक्ष केसीले गाउँपालिका भित्रका विरामीहरूको घर घरमा अाैषधी पुर्‍याउने पुर्‍याउदै अाएका छन् ।

कोही पनि दिर्घ रोगका विरामी,जेष्ठ नागरिक,अपांग,अशक्त,टुहुरा विरामीलाई विरामीको पर्चाका अाधारमा उनीहरूको घर सम्म अाैषधी पुर्‍याउने गरेका छन् । कोरोना भाइरसले देश संकटको अवस्थामा रहेको बेला संस्थाका अध्यक्ष केसीले मानवीय सेवा गर्ने योजना बनाएर कुनै पनि विरामीलाई अकालमा मर्न नदिन यस्तो योजना बनाएको बताएका छन् ।

उनले राप्ती गाउँपालिका १ भालुवाङमा रहेको गुराँस फार्मेसी र घोराही, लमही, बुटवल, चन्द्रौटा,काठमाडौं र चितवनबाट औषधी मगाएर भए पनि अाैषधी पुर्‍याउदै अाएको बताएका छन् । मेडिकल पार्टनर गुराँस फार्मेसीको सहयोगमा विरामीले प्रत्येक दिन बेलुका ५ बजे सम्म पर्चाका अाधारमा गुराँस फार्मेसी राप्ती गाउँपालिका राप्ती गाउँपालिका १ भालुवाङको सम्पर्क म्यासेजमा वा फेसबुक पेजमा औषधीको नाम लेखेर पठाउनु पर्ने वा सम्पर्क नम्बर 9866732548 मा अाैषधीको नाम टिपाउन केसीले अाग्रह गरेका छन् ।