भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुग्यो

काठमाडौं,भारतमा कोरोना भाइरसले अहिले सम्म ६ सय ४५ जनाले  ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या २० हजार नाघेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्। त्यस्तै पाकिस्तानमा ९ हजार पाँच सय ६५ जना संक्रमित छन्। त्यहाँ २ सय १ जनाले ज्यान गुमाएका छन्।