कोरोनाबाट इटालीमा मृत्यु संख्या २४ हजार ६४८ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख १०, बुधबार ०७:०२
प्रकासित समय : ०७:०२
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८३ हजार ९५७ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ५१ हजार ६०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७०९ जनामध्ये २ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।