लकडाउन पालना गराउँदा कुटिए प्रहरी चौकी इञ्चार्ज
प्रकासित मिति : २०७७ बैशाख १०, बुधबार १२:०४
प्रकासित समय : १२:०४
सर्लाही, लकडाउन पालना गराउने क्रममा प्रहरी चौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ ।
लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुर्व्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ ।