प्रमुख प्रतिपक्षी दल काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगमी १७ गते बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका हुन भनिएको छ । सरकारले यही बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश जारीगरेपछि त्यसको विरुद्धमा आन्दोलनको रणनीति बनाउन बैठक बोलाइएको बुझिएको छ ।

मंगलबार काँग्रेसलेपदाधिकारी बैठक गरि सरकारको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । बुधबार आज काँग्रेसका ११ केन्द्रीय सदस्यले शासन सञ्चालनको वैधता सरकारले गुमाइसकेको ठहर गर्दै आन्दोलनबारे ठोस निर्णय लिनअलिवम्ब केन्द्रीय समिति बैठक बोलाउन माग गरेको थिए ।

आज दिउँसो काँग्रेस अग्रसरतामा बसको प्रतिपक्षी दहरुको बैकले सरकारलाई दुवै अध्यादेश फिर्ता लिइ तत्काल संसद् बैठक बोलाउन माग गरेको थियो।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ ।