देउखुरीको माैरीघाटमा व्यवारिसे पैसा फेला
भालुवाङ, देशभर कोरोनाको संत्रास फैलिरहेका बेला दाङ देउखुरीको राप्ती गाउँपालिका ५ माैरीघाट पेट्रोल पम्प नजिक मंगलबार विहान वेवारिसे पैसा फेला परेको छ ।
रातीको समयमा पेट्रोल पम्प नजिकै बाटोको वरिपरि २ वटा १००/१०० को नोट र १ वटा ५ ०० को नोट गरि ७ सय रूपैयाँ फेला परेको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले जानकारी दिएका छन् ।
सो पैसा अज्ञात व्यक्तिले फालेको हुन सक्ने स्थानीयले बताएका छन् । पैसाबाट पनि कोरोना भाइरस सर्न सक्ने भन्दै स्थानीय अग्नु चाैधरी र कमल चाैधरीले फेला पारेको पैसा स्थानीय र वडा अध्यक्षकाे राेहबरमा गडिएको थियो ।
त्यस पछि इलाका प्रहरी कार्यालयबाट अाएको टोलीले गाडीएको ठाउँबाट पैसा निकासी सेनिटाइजर स्प्रे गरेर इलाका प्रहरी कार्यालय भालुवाङमा सुरक्षित तरिकाले राखेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयले अज्ञात व्यक्तिले पैसा फालेको भनेता पनि प्रहरीले भने गाडीबाट खसेको वा तरकारी व्यापारीबाट पैसा हराएको हुन सक्ने बताएको छ ।