न्यु नेपाल भिजनले गर्यो सयौँ पैदल यात्रुहरुलाई खाना खुवाएर सहयोग

नेपालगन्ज, न्यु नेपाल भिजन संस्था बाँकेले करिब ७ सय यात्रुलाई खाना खुवाएर सहयोग गरेको छ । संस्थाले बाँकेका बिभिन्न क्षेेत्रमा अलपत्र हिडिरहेका यात्रुहरूलाइ खाना पानी खुवाएर सहयाेग गरेकाे हाे ।  नेपालगन्ज कोहलपुरको क्षेत्रमा रहेका यात्रुहरुलाई खाना पानी दिएर सहयोग गरेको संस्थाका सन्जय बाल्मीकीले जानकारी दिए ।

बाल्मीकीका अनुसार हवल्दार क्वारेन्टाइनमा रहेका ८० जनालाई मंगलबार खाना खुवाएका हुन । नेपाल न्यू भिजन संस्थाले नेपालगन्जका बिभिन्न क्षेत्रमा अलपत्र परेकाहरुको उद्धारमा क्रियाशिल रहेको बताइएको छ ।

संस्थाका आयोजक कमल बाल्मिकी, संयोजक, सन्जय बाल्मिकी, संयोजक रोहित पाण्डे लगायतकाे टिम खटिरहेकाे बताइएकाे छ  ।