इन्द्रेणी क्लबको अभियानलाई सांसद र बिदेशबाट राहत प्राप्त
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङलाई यस क्षेत्रका सांसद तथा विदेशमा रहेर काम गर्ने नेपाली युवाहरुबाट समेत राहत आउने क्रम जारी रहेको छ । क्लबले केही दिनयता भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई भालुवाङ पुलचोक बजारको सडकमै खाजा नास्ता खुवाउने सामाजिक अभियान सञ्चालन गरेको छ । सोही अभियानलाई थप प्रभावकारी बनाउन तथा निरन्तरता दिन सांसद र बिदेशबाट नगद र जिन्सी राहत आउन लागेको हो ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित भई भालुवाङ बजार हुँदै पैदल हिडेर घर फर्किने व्यक्तिहरुलाई जनही एक÷एक वटा चाउचाउ, बिस्कुट, चिउरा र एक बोतल पानी निशुल्क रुपमा उपलब्ध गराउँदै आएको क्लबले अबदेखि चप्पल बिना पैदल हिडेर आएका र खुट्टा सुन्निएर हिड्न नसक्ने अबस्थामा भएका पैदलयात्रीहरुलाई चप्पल बितरण गर्ने र गन्तव्य स्थलसम्म पु¥याउने गरिएको क्लबका अध्यक्ष भिमबहादुर मरासिनीले जानकारी दिए ।
बैशाख ४ गते देखि शुरु गरिएको अभियानमा क्लबका सदस्यहरुले ब्यक्तिगत रुपमा पैसा उठाएर सहयोग गरिएकोमा अहिले विभिन्न सहयोगीदाताहरु थपिने क्रम बढिरहेको क्लबले जानकारी दिएको छ । क्लबले बैशाख ७ गते २ सय ६५ जना र बैशाख ८ गते २ सय ४० र ९ गते २ सय ३० जनालाई खाजा खुवाईएको र अब अझै थप ब्यबस्थापन सहित सामाजिक अभियानलाई निरन्तरता दिने क्लबका अध्यक्ष मरासिनीले बताए ।
अहिले सम्मको खाजा ब्यबस्थापनका क्लबलाई दाङ—देउखुरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीबाट १२ पेटी चाउचाउ, १ बोरी चिउरा र लुज ग्लोबस सेनिटाइजर लगायतका सामाग्रीहरु, सन्तोष रिजाल भालुवाङ हाल दुबईबाट पाँच हजार, दीपेन्द्रबिक्रम जिसी भालुवाङ हाल दुबईबाट पाँच हजार र कुसुम मगर गढवा गाउपालिकाका कर्मचारीबाट पाँच हजार नगद तथा जिन्सी सामानहरु प्राप्त भएको क्लबले जनाएको छ ।
त्यसैगरी दुर्गा फलफुल पसल भालुवाङबाट ४ क्यारेट फलफुल, अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङबाट तीन पेटी बिस्कुट र चाउचाउ, लेखनाथ भुसाल भालुवाङबाट ५ पेटी पानी र २ पेटी चाउचाउ, लक्ष्मी खनाल भालुवाङबाट ५ पेटी पानी र १ कार्टुन चाउचाउ र कल्पना शाही भालुवाङबाट ५ पेटी पानी र १ पेटी चाउचाउ राहत सामानहरु प्राप्त भएको क्लबले जनाएको छ ।
त्यस्तै दिपेश पाठक भालुवाङबाट ५ पेटी पानी र २ पेटी चाउचाउ, भुवन केसी भालुवाङबाट ३ पेटी चाउचाउ, हिमा मरासिनी भालुवाङ हेल्थ पोस्टकी सिनियर अनमीबाट ५ पेटी पानी, हेमन्त मरासिनी भालुवाङबाट ५ पेटी पानी, सरस्वती श्रेष्ठ(मरासिनी) भालुवाङबाट ५ पेटी पानी र कल्पना पछाई भालुवाङबाट ३ पेटी चाउचाउ र बिस्कुट सहयोग प्राप्त भएको क्लबका अध्यक्ष मरासिनीले जानकारी दिए ।
यो अभियान लकडाउन अबधिभर सञ्चालन गरिने पनि क्लबले जानकारी दिएको छ । साथै क्लबले गाडीको ब्यबस्थापन गरेर पैदल यात्रीहरुलाई दाङको सिमानासम्म पु¥याउँदै आएकोमा जिल्ला प्रशासनले रोक लगाएपछि अहिले राप्ती गाउपालिकाको अन्तिम सिमाना सम्म पु¥याउने गरिएको र आशाका किरण सस्था भालुवाङका सदस्यहरु स्वयंसेवकका रुपमा क्लबलाई सघाउँदै आएको क्लबका अध्यक्ष मर्रासिनीले बताए ।