आउदै गरेको रमजानलाई लकडाउनको पाल्ना गर्दै मनाउन मुस्लिम अगुवाहरूको अपिल

कृष्णनगर, कपिलवस्तु कोरोना भाइरसबाट आफू बचौ र अर्कालाई बचाउनका निम्त समय समयमा अल्पसंख्यक मुस्लिम समुदायका अगुवाहरु, जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसाहरुले जन चेतना मूलक कार्यक्रम पटकपटक गरि वा प्रेस विज्ञप्तिजारी गरि समुदायलाइ कोरोना भाइरसबाट बच्न र बचाउनको लागि र नेपाल सरकारले जारी गरेको लकडाउनको पालना गर्नाको लागि अग्रह समेत गर्दै आएको छ ।

विश्व भरिमा कोरोना भाइरस को त्रास रहेको छ र नेपाल भरि मा लाकडाउन रहेको अवस्थामा मुस्लिम समुदायको पवित्र महिना रमजान आउनमा एक साता मात्रै बाकी रहेको छ। उक्त महिनामा मुस्लिम समुदायले रोजा राखि अनिवार्य रुपमा नियमित पाच समयको नमाज अदा गरि गरिब असहाय परिवार लाई सहयोग गर्दै एक महिनासम्म पुजा पाठ गर्ने काम समुदायले गर्दै आएका थिए ।

तर यो वर्ष कोरोना भाइरस महामारीलाई मध्य नजर गर्दै जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर लगायत अन्य मदरसा का अध्यक्ष हरुको संयुक्त हस्ताक्षर मा मुस्लिम समुदाय लाइ लक्षित गरि बिशेष आग्रह गर्दै प्रेस विज्ञप्ति समेत जारि गरेको छ। लाकडाउनको समयमा मुस्लिम समुदायहरु पवित्र रमजान महिनामा तराबिह नमाज इफ्तार पार्टी र अन्य धार्मिक कार्यक्रमहरु गर्दा भिडभाड नगरि आ आफ्नो घर भित्रै गरौं।

कोरोना भाइरस बाट संक्रमित हरुको संख्या दिन दिनै संसार भरिमा बढी रहेको र केही दिन देखि नेपालमा पनि समेत कोरोनाको प्रभाव परेको छ। कोरोना भाइरस को खतरा बाट जनता लाई बचाउनको निम्त नेपाल सरकारले लाकडाउनको समय अवधि पटक पटक बढाइ रहेको छ।  यस पालि रमजान महिना को समयमा बिशेष रुपले भिड भाड बाट बच्नु र बचाउनु हाल जस्तै सबै नमाज घर मै पढि रहनु भएको छ उस्तै तराबिह को नमाज पनि घर भित्रै भिडभाड नगरि पढनु र अफ्तार पार्टी जस्ता कार्य समूहिक रुपमा न गरौ।

२०७७ साल बैशाख १५ गते सम्म नेपाल सरकारले लाकडाउनको घोषणा गरि सकेको कुरा सबैमा अवगत नै छ । लाकडाउन जारी रहेको बेला पूर्ण रुपले लाकडाउनको पालना गर्न को लागि अनुरोध रहेको छ। सरकारको यो निर्णय इस्लाम धर्म को विरुद्ध छैन।

लाकडाउनको उल्लंघन नगरिने वर्तमान समयको अवश्यकता रहेको छ। मुस्लिम समुदायको तर्फबाट खास गरि सरकार र समाजमा कुनै गलत सन्देश नजाओस यो बिषयलाई ध्यानमा राख्न अति अवश्यक रहेको छ। आआफ्नो घरमै बसि आफ्नो परिवार लाई धार्मिक संस्कृति कुरा हरु लाइ सिकाउने पवित्र पुस्तक कुरानको पाठ पढने रमजान महिनामा दान पुन्य गर्न नै पवित्र कार्य रहेको र प्राकृतिक प्रकोप बाट बच्नको लागि पनि एउटा धार्मिक उपाय रहेको छ।

गरिब असहाय परिवार र मदरसाहरुको आवश्यकता लाई मध्य नजर गर्दै सहयोग समेत गर्ने हाल समयमा ज्यालादारी मजदूरी श्रमिक र समाजका केही मध्यम वर्गीय परिवार हरुको लागि धेरै कठिन समय चलि रहेको छ। गरिब असहाय र समाजका केही माध्यम वर्गीय परिवार हरु लाई छाक टार्न पनि गाह्रो भइ रहेको छ र यस्ता ब्यक्ति लाई बिशेष ध्यान दिदै पवित्र रमजान महिनाको पवित्रता कायम राख्न आजको समयमा अति अवश्यक रहेको कुरा उक्त प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।