मीत (लकडाउन)
विस्वभर खैलाबैला मच्चाइरको कोरोनाका नेपालमा ३१ जना संक्रमित भएको दिन ४ जना निको भएर घर फर्किनुले २७ जना अस्पतालमा रहेको प्रष्ट भयो । ४ जना सन्चो भएको खुशी भन्दा धेरै दुखी त २७ जना अस्पताल रहेको खबरले दियो ।
विस्वमा करिब २५ लाख संक्रमित , करिब १ लाख ७० हजारको मृत्यु र करिब ६ लाख सन्चो भएर घर गएको खबर पनि अर्को तिर छ। (Wordometer.info) को यो लेख्दा सम्मको तथ्यांक ) यसरी पुरै विश्व शोखमा छ। तर सन्देश, अझैँ सालको पात टपरीमा नाँचिरहेछ। जसरी चाइनामा कोरोना देखिँदा अमेरीका गिज्याइरहेको थियो।
सन्देश मेरो सानो भाइको (काकाको छोरा) नाम हो। उसलाई नाम के हो भनेर सोध्दा `छन्देश´ भन्छ । उसको तोते बोलिले आजभोली लकडाउनका दिनहरु सहजै बितिरहेका छन् । लकडाउनसंग मीतेरी गाँसिएको छ। उसलाई न कुनै चिन्ता छ, न कसैको वास्ता। बस् उ टिभी मा गीत बज्दा नाँच्छ कार्टुन आउँदा ध्यान दिएर हेर्छ र एकछिनमा `पुलिसकी बर्दी से पङ्गा नहि´ आता माजी सटक्लि भन्दै लड्न आइपुग्छ। उसलाई कथा भन्न खुब मनपर्छ।
उसले भन्ने कथा सधैँ एउटै हुन्छ। जसमा एउटा गाई हुन्छ। गाइले घाँस खान्छे, र कसरी खान्छे भन्ने प्रश्नमा न्याम-न्याम भन्दै मुखको चालले गाइको घाँस खाने तरिका देखाउँछ। उसको कथा सकिन्छ र दौडिन्छ फेरि, जसरी यसोधा माँ ले देखेपछी, मख्खन चोरीरेहेका भगवान कृष्न दौडिन्छन। अहिले यस्तै व्यर्थको दौड सरकार पनि दौडिरहेछ। सरकार थाक्छ र निदाउँछ तर मेरो भाइ थाकेन।
एकदिन म मोबाइलमा फेसबुकका पानाहरु पल्टाउँदै थिएँ। उ भित्र कोठाबाट ` गो कोरोना गो´ भन्दै निस्किन्छ । मैले सोचेँ भाउजुले सिकाकी होलि । म मुस्कुराए केही बोलिन। उ नजिकै आयो , ‘सचिन सचिन तिकतक बनान´ । उसलाई पनि उस्का भाउजू र दिदिहरु जस्तै टिकटकले छोएछ । मैले भिडियो गर्दिन मोबाइल तेर्साएँ, उ भन्न थाल्यो `गो कोरोना गो´।
खुशी भएर भाउजू भए ठाउँ गयो। उसलाई सायद थाहा छैन कोरोना त `नारोको´ भैसक्यो भनेर। ( नारोको कोरोनाको उल्टोबाट उच्चारण गर्दा हुने शब्द हो र यसको अर्थ थारु भाषामा नरोक वा नछेक भन्ने हुन्छ)
सोचेँ अघि भाइ खुशी भए झैँ आफ्नो घरको आगन टेक्न निस्किएका सडकमा बिचलित मजदुरहरुको अनुहारमा देखिनु पर्थ्यो। उनिहरुलाई रोगको भन्दा धेरै डर, भोकको लागिरहेछ। आफुले काम गरिरहेको काम बन्द भयो। खानका लागी पैसा सकियो। घरबेटिहरुले घरमा बस्न दिएनन् । उनिहरु आफ्नै घर जान भनी सोलु देखि कैलाली , काठमाडौ देखि धनुषाका लागी निस्किए। ( यी केवल पात्रहरु हुन) उनका घरपरिवारहरु उनिहरुको बाटो कुरेर बसेको पनि कयौँ घण्टा भयो होला।
यस्तैमा सरकारको प्रमुखबाट जहाँ छौँ त्यही बसौँ हामीले सबैलाई राहत बितरण गरिरहेकै छौँ भनेर जनताको नाममा सम्बोधन आउँछ र कार्यकर्ताहरुको वा-वाइ बटुल्छ। केही कथीत समाजसेवीहरुले राहतको नाममा उनिहरुको गरिबीलाई गिज्याइरहेको भिडियो भाइरल हुन्छ। जस्तो कि क्यामेरा बिना सामाजिक सद्भाव बाढ्नै नसकिने झै गर्छन् ।
क्यामेरा निर्जीव बस्तुलाई त दोष नदिउँ किन कि उसलाई चलाउनेको चेत नै अपुरो छ अचेल। केहि संचार माध्यमहरु तिनै मजदुरहरुको समाचार बनाई च्यानल हिट बनाउने दाउमा छन् । यी सबलाई मजदुरको बेदना भन्दा धेरै आफ्नो लाचारीपन प्रष्ट्याइरहेको महशुस समेत भएको छैन।
“सचिन! सचिन ! चिया खान आ”, भन्दै भाइ कोठामा आउँछ। कोठामा एघार कविका एक सय दस कवितामा (उज्यालोका मालिहरु पुस्तक) मन्त्रमुग्ध भएको म उसको स्वर सुन्न बित्तिकै कवि प्रीय भाइ अर्जुन आचार्यको `बाफ´ कविता जस्तै जवाफबिनाको जिन्दगी, बाफबिनाको चिया पिउन निस्केँ म। केही बेर घरका सबैजना संगै बसेर जिन्दगीका रंग फेर्यौँ। बुवाले लेख्नु भएका देउडा सुन्यौँ । देउडाका केही अंश यस्ता थिए :-
अर्काका मैअका भर नपकाउनु रागा,
सरकार संग डाटा छकि काेहि भाेका काेहि नागा।
क्वारेन्टाइनमा राखेकालाइ मन मर्जिले छाेडने,
अाफुले बनाउने नियम अाफै किन ताेड्ने
नक्कलि डक्टर छन्कि, मेशिन छन नक्कली,
पानी माथि अाेभानु हुन,खाेज्दैछन सक्कली।
इटलि हाेइजाने भयाे हाम्राे लम्कि क्षेत्र।
नेगेटिभ पाेजेटिभ बुझ्न खाेल्नु दुइवटा नेत्र।
अलि चाहिँ लापर्बाही भयो होसियार हुनु छ
कोरोना लागेका खण्ड धरधरी रुनु छ
हिजाे नाई भनेर छाेड्या अाज देखिन गाे।
सहिलाई किन गलत गर्छाै अब लेखिने भाे।
क्रमश:
एकछिनको रमाइलो पछि फेरि म आफ्नै कोठामा फर्केर (Karnali Readers Society) बाट आज लाइभ आउने पालो उमेश भुषाल सरको भएकोले उहाँलाई सम्पुर्ण कुराको जानकारी गराएँ र १ बजे लाइभ हेर्न बसेँ। ( Karnali Readers Society, २०७६ चैत्र १६ गते देखी लकडाउन अवधिभर र लकडाउन पश्चात् पनि निरन्तरता दिने गरी भर्चुअल रुपमा पुस्तक परिचर्चा गरिरहेको फेसबुक पेज हो।
यहाँ हरेकदिन फरक फरक पाठक वा लेखक सहित फरक पुस्तक माथी चर्चा हुने गर्दछ।) (Karnali Readers Society ) ले पनि लकडाउनमा पुस्तक पढ्न प्रोत्साहित गर्ने र पुस्तक पढिरहेकाहरुलाई थप उर्जा दिरहेको महशुस गरिरहेका छौँ । (यति भएपछी पेजको बिज्ञापन पनि भयो।)
यत्तिकैमा मोबाइलमा धेरै दिन पछि फोन आयो। यसो हेरे काठमाडौबाट एकजना पुरानो साथीले गर्नुभएको रहेछ। नम्बर सेभ नै भएकाले सागर जि नमस्कार भनेँ। के छ खबर पनि नसोधी मेरा केही दिन देखीका फेसबुकका स्ट्याटसका आधारमा ” कुन पुस्तक पढ्दै हुनुहुन्छ सचिन जि” भन्ने प्रश्न गर्नु भयो।
मैले भर्खर केही दिन अघि गनेस पौडेलको `पैताला´ भ्याएको थिएँ। “मलाई त गनेस पौडेलले केही अध्यात्मिक त केही वैज्ञानिक गतिमा कहिले जनकपुरको रिक्सा चढाउनु भयो, कहिले रारा त कहिले मुस्ताङको चिसो खुवाउनु भयो यार” मैले भने। उहाँले हाँस्दै ” .पैताला सक्नु भएछ त” भन्नू भयो। उपल्लो थलो पढ्दै छु अचेल भनेर उहाँलाई लेखक मोहन मैनाली भिडाइदिएँ र हालखबर सोधेर सुरक्षित बस्नुस है भनेर फोन राख्नु भयो।
यसरी लकडाउनले सुरक्षित बसेकाहरुलाई त पुस्तकले साथ दिरहेको छ। तर ती बिचरा आफ्नि आमा बित्दा समेत महाकाली पारी संस्कार निभाइरहेको छोरा र उनी जस्तै अरु नेपालीहरुलाई ( जो जिविकोपार्जन गर्न भारत गएका थिए) भने कसैले साथ दिएन । तिनिहरुले नेपाल प्रवेश पाएका छैनन् । हाम्रा अनुभवी मुख्यमन्त्रीले पदभार ग्रहण गरेपछि ” अब सुदुरपश्चिमेलीले चौकिदारी गर्न भारत जानू पर्ने छैन ” भनेर भनेकै दिन कति नेपाली दाजुभाइहरु गड्डाचौकि र गौरीफण्टा नाकामा बस कुरीरहेका थिए होलान् ।
यसको मन्त्रीज्युसंग एकिनन डाटा त छैन होला तर आफुले गरेको बाचा पनि बिर्सिसकेहोलान। गाउँ गाउँमा सिंहहरु पसेदेखी हामी जनता आहार बाहेक केही भएनौँ। यो अवस्थामा त कहिले PPE को नाममा त कहिले राहतको नाममा आहार भएका छौँ।
दरबार ल्याउँछौँ भनेकै दिनदेखी आफ्नो घरको आगन देख्न पाएका छैनन् जनताले। यस्तै यस्तै कुराहरु मात्रै खेलाएर बसिरहेको म र म जस्तै कोरोना बन्दिहरुलाई लकडाउन अवधि खास नौलो भने पक्कै छैन। यसो घडी हेरेँ साँझको ६ बजिसकेछ। सोचेँ सरस्वती माता पनि खाना बनाउन जानेबेला भएछ। भाइ पनि करायो। सचिन! सचिन ! बुवा आउनुभयो ।
नोट : सबैजना सुरक्षित रहनुहोला। धेरै पुस्तक, लेख, रचना, गीत, घरपरिवारसंगको भलाकुसारीमा रमाउनुहोला। धन्यवाद !