र देखाउँदैनन् पनि यस किसिमको बल आखा अगाडि…
प्रकासित मिति : २०७७ बैशाख ९, मंगलवार ०९:१५
प्रकासित समय : ०९:१५
किन गरिन्छ यार दुनियाँमा छल आखा अगाडि?
र देखाउँदैनन् पनि यस किसिमको बल आखा अगाडि।
बर्षौ पहिले फोटोमा माला चढाईएको मान्छे,
देखे जस्तै लाग्छ पल पल आखा अगाडि ।
बाबुको दमले छोरा बिरामी परेको थियो,
र सकिदै थियो एक हल आँखा अगाडि।
तिमी माथी सपना सजाइ गल्ति गरेको होइन,
तर एकछिनमै भइदियौ अचल आँखा अगाडी।
यदि दबिएका आवाज उठाउन भएन्न भने,
भाचिदिए पनि हुन्छ गजल आँखा अगाडी।
दैलेख