सात हाईकु

१)

सुन बिज्ञान
तलाई चुनौती छ
रोक समय ।

२)

मेरो बाबुको
पर्समा स्त्रीको फोटो
आमाको हैन ।

३)

मख्ख छे बुढी
एकजोर साडीमा
बुढा खाडिमा ।

४)

बाझो जमिन
नेपाल सरकार
केही फल्दैन ।

५)

म हु गुलाम
म बिना अपुरो छौ
रानी भएनी ।

६)

कच्चि साधले………..
बोलचाल थप्प छ……..
दुइ छिमेकि ।

७)

खराब बिच
तिमि असल हुनु
काडामा फुल ।

, कोहलपुर बाँके ।