हामी घर जाने हो सरकार ! घरसम्मा त पुर्याइदे
लकडाउनका कारण धेरै मानिस घरमै छन् । तर,काठमाडाैँकाे बिभन्न क्षेत्र लगायत काेटेश्वर र जडिबुटी क्षेत्रमा भने लकडाउन मात्र होइन, मुसलधारे पानीको पर्वाह नगरी मानिसहरू हातमा झोला बोकेर दौडधुप गरिरहेका छन् । उनीहरूमध्ये कतिपयले दुधे बच्चा काखी च्यापेका छन्, कतिपयले बालबालिका डोर्याइरहेका छन् ।
यो भिड गाउँ जाने गाडी पाइने सूचनाका आधारमा कोटेश्वर, जडिबुटी क्षेत्रमा पुगेकाहरूको हो । उनिहरू राजधानी नजिकका बिभिन्न जिल्लामा मजदुरी गरी फर्केकाहरू हुन । तर, झरीलाई पर्वाह नगरी सर्वसाधारणहरूको भिड आफ्नो घर जानका लागि काठमाडौंका नाकाहरूमा देख्न सकिन्थ्यो ।
स्थानीय निकायहरूले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडीबुटी क्षेत्रमा घरजानेको भिड उसै गरी लागेको थियो । लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिस हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैं सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् ।
लकडाउन सुरु भएको एक महिना पुग्न लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरी खानुपर्नेहरूलाई समस्या परेपछि हिँडेरै घर जानेको संख्या बढ्दै गएको थियो । तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफैं सावारीसाधनको व्यवस्थापन गरी मानिसहरूलाई गन्तव्यसम्म लैजाने व्यवस्था मिलाएका हुन् ।
यस्तै समस्यामा परेका मानिसलाई पहुँचका आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले त्यसो नगर्न आग्रह गरेको छ । सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहीं बस्नुपर्ने र खाद्य सामग्री अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ ।
जडिबुटीदेखि भक्तपुरको जगातीसम्म अन्दाजी करिब ३५ सय जति गाडि कुरेर बसेका छन । बिभिन्न तहका स्थानिय सरकार उद्भार गर्न लागिपरेका छन । तर उनिहरूकाे पालाे कतिबेर आउला कहिले साकार होला लिफ्ट पाउने नेपाली दुखी सन्तानको सपना !