यी हुन् कोरोना संक्रमित बढी भएका १० मुलुक

काठमाडाैँ, कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार छन्। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै छ। त्यहाँ ७ लाख ८६ हजार संक्रमित छन्।

दोस्रो र तेस्रो नम्बरमा युरोपेली मुलुकहरु क्रमशः स्पेन र इटाली छन्। स्पेनमा २ लाख र इटालीमा १ लाख ८१ हजार २२८ संक्रमित छन्। कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २४ लाख ७५ हजार नाघेको छ।

कोरोनाबाट बढी संक्रमण भएका १० मुलुक

अमेरिका– ७,८६,६३८

स्पेन– २००,२१०

इटाली– १,८१,२२८

फ्रान्स– १,५६,४८०

जर्मनी– १,४७,०६५

बेलायत– १,२५,८५६

टर्की– ९०,९८०

चीन– ८३,८२६

इरान– ८३,५०५

रसिया– ४७,१२१