कोरोनाबाट इटालीमा २४ हजार भन्दाबढीको मृत्यु

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ । सोमबार थप ४५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार ११४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २५६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ४८ हजार ८७७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २३७ जनामध्ये २ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको छ ।