अछाममा क्वारेन्टाइनमा राखिएका एकजनामा कोरोना पोजेटिभ
प्रकासित मिति : २०७७ बैशाख ९, मंगलवार १९:२८
प्रकासित समय : १९:२८
धनगढी, अछाममा एकजनामा क्वारेन्टाइनमा राखिएका एकजनामा कोरोनाभाइरस संक्रमण भएको देखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा गरिएको आरडिटि टेस्टका क्रममा १ जनामा एन्टिवडि पोजेटिभ देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा खटिएको टोलीले ७१ जनामा आरडिटी टेस्ट गरेको थियो । जसमा १ जनामा एन्टिबडि पोजेटिभ देखिएको बताइएको छ ।
कालिका स्वास्थ्य चौकी कालिका र सरस्वती मावि जयगढमा एन्टिबडि टेस्ट गरिएको थियो । बाहिरबाट गाउँपालिका आएका ८ जनालाई क्वारेन्टाईनमा राखिएको थियो ।
क्वारेन्टाईनमा राखिएका उनमा एन्टिवडी पोजेटिभ देखिएका उनलाई थप जाँचका लागि बयालपाटा अस्पतालमा पठाइएको छ । उनको स्वाब संकलन गरी आरपिसी प्रविधिबाट परीक्षणको लागि सेती प्रादेशिक प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।