मेक्सीको हुँदै गैह्रकानूनीरुपमा अमेरिका छिर्ने २ नेपाली पक्राउ
प्रकासित मिति : २०७७ बैशाख ९, मंगलवार ०८:४२
प्रकासित समय : ०८:४२
काठमाडौं , कोरोना भाइरसको महामारीका बेला समेत गैह्रकानुनीरुपमा मेक्सीको हुँदै अमेरिका छिर्ने दुई नेपाली पक्राउ परेका छन् ।
अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अनुसार मेक्सिकोको सीमा हुँदै अमेरिका छिरेका २७ बर्षका दुई नेपाली युवालाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । भारत, थाइल्याण्ड, कोलम्बिया, मेक्सिको हुँदै गैह्रकानुनीरुपमा अमेरिका पुगेका उनीहरुलाई आप्रबासन कानून उल्लंघनको मुद्दामा कारबाही हुनेछ ।