उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडाैँ, काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।  उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।  योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ ।

जसमा ४ जना निको भएर घर फर्किएका छन्। गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि बाँकी चार जनामध्ये थप एकजना पनि संक्रमण देखियो।

गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो। यी आठै जना मुस्लिम समुदायका हुन्। सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो।

आज देखिएको एकजना तीनै मध्येको हो। यसअघि कोरोना पुष्टि भएका १३ संक्रमित पनि मुस्लिम समुदायकै हुन्। उनीहरू विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्। संक्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ। बस्तीमा सुरक्षाकर्मी खटिएका छन्। ती संक्रमितहरूलाई पनि विराटनगरको कोरोना विशेष अस्पतालमा लैजाने तयारी भइरहेको बताइएको छ।