भोको पेट भर्ने ठाकुरबाबाका दुइ युवाको उदारणीय अभियान

काठमाडाैँ, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का दुइ युवाहरु यतिबेला भोको पेट भर्ने अभियानमा जुटेका छ्न । स्थानीय दुइ युवा बिशेश्वर ढकाल र बिकास के .सिले लक डाउन का कारण बिपन्न घर धुरी जो साझ बिहान मजदुरी गरेर छाक टार्नेहरुको घरमा यतिबेला चुलो बाल्न समेत धौ धौ परेको अबस्थामा उनिहरुलाइ आफ्नो ब्यक्तिगत खर्चमा चामल दाल नुन साबुन र तेल बितरण गरेका छ हुन । यि दुइ युवाहरुले अहिलेसम्म ४८ घरधुरी लाइ अति आबस्यक खाध्यान्न सामाग्री सहयोग गरेका छ्न ।

यस्तै चिसापानी चेक पोस्ट , आम्बासा चेक पोस्ट , अस्थायी प्रहरी कार्यालय बकुवा, ठाकुरद्वारा प्रहरी कार्यलय मा सुरक्षामा खटिने सुरक्षाकर्मिलाइ मास्क , र डिटाेल साबुन समेत सहयोग गरेका छ्न । वडा नम्बर -६ का ४८ धुरिलाइ प्रतेक लाइ ७किलो चामल , डेड किलो दाल , १ लिटर तेल , १ पोका नुन , र साबुन बितरण गरियको हो । राहत पाउदा बिपन्न घरधुरी हरुको घरमा यतिबेला चुलो बलेको छ ।

समाज सेवामा समर्पित उदार मनका धनी यि दुइ युवाहरुको यो सक्रियता र सहयोग धेरैका लागी प्रेरणा बन्न सक्छ ।
बिशेश्वर ढकाल भन्नुहुन्छ आखिर मरेर साथमा लैजाने कसैले केहि होइन यस्तै बेलामा हो मनलाइ उदार बनाउने हाम्रो सानो सहयोगले कसैको भोको पेट भरिन्छ भने हामी यो अभियानलाइ सकेसम्म जारी राख्नेछौ ।