लकडाउन र म !

…..र यसरी बेड नै पटयार लाग्ने गरी पल्टिना थालेको पनि महिना दिन पुगेछ । हाम्रो देश मात्र नभएर बिश्वका विभिन्न कयौ शक्तिशाली मुलुकहरु नै सङ्कटमा गुज्रिएको यो बर्तमान अबस्थामा मेरा कयौँ रात र बिस्ताराले पनि खप्नु संकट खेपिरहेका छन । मानाैँ याे संकटयुग हाे यहाँ सबैभन्दा बढि संकटकाल खप्छ  । 

चैत्र ११ गतेदेखि अनिश्चित कालिन रुपमा नेपाल सरकारको आदेश अनुसार देशको प्रमुख सहर अथवा राजधानी काठमाडौँ लगायत मुलुकका सबै सहरहरु बन्द भए । कहिल्यै नामै नसुनेकाे लकडाउन नामक शब्दले जनजिवन प्रभावीत बन्यो । यसाेत  लकडाउनका हप्ता दिन बितिसक्दा पनि धेरैलाई लकडाउनको बिषयमा जानकारी थिएन । बन्द त हो कस्तो खाले बन्द हो भन्ने कुरामा धेरै अन्यौल नै थिए जस्ताे लाग्छ ।

अरु दिन जस्तै बिहानको मधुरो उज्यालो चराचुरुङ्गीको मीठो आवाजसंगै घरभेटी आमाको पुजाको घन्टी यी सबै सुनेर बिहानै बुझिन्छु । लाग्छ जिन्दगी एउटा आवाजमा बिलिन हुने बेलुन पो रै छ, अनि सोच्छु चराचुरुङ्गी र घरभेटी आमाको मन्दिर नभैदिएको भए म कसरी ब्युझन्थेँ होला ? सायद हिजोआज पनि यिनै आवाजहरु मलाई बिउझाउन र निदाउन प्रेरित गर्ने प्रेरणादायी साथीहरु हुन ।

लकडाउनले बजार जस्तै सुनसान छु म र मेराे भाडामा लिएको यो सानाे कोठा पुरै लक भएका छाैँ  । एक्लो बृहस्पती जस्तै कसैको साथ केवल कल्पना मात्रै भएका छन  । छ त केबल दुई थान मोबाईल सेट  एकथान खाट, ग्याँस, भाडाँकुडा, मच्छेरसंग लडाई गर्ने अथवा मच्छेरलाई बाधा गर्ने झुल , यिनै छन । आज भोलि दिन बिताउने साथी यिनै छन दुख पोख्ने दौतरिहरु….कहिलेकाँहि माेबाइलका रिंगटाेनले पनि मेराे एकाग्रताकाे  क्रमभंगतलाइ नराम्ररी ताेडछन । 

जिन्दगी कहिलेकाँही एक्लै हुदाँपनि मडारिने हुदोरहेछ धेरैदिनदेखि एक्लो अनुभुतिले मडारीरहेको छु । र सम्झिन्छु स्वतन्त्र हुदा साथीहरु भेटेको बुलबुले, काक्रेबिहार, देउती बज्यै मन्दिर, घन्टाघर पार्क,गुरासे, अनि बजारका गल्ली, लाग्छ यी सबै के सपना थिए । यदि सपना हुदा हुन त तस्बिरहरु नहुनु पर्ने र फेरि तिनै ठाउँ जान खोज्छु बन्द छ कर्फ्यु लागेको जस्तै लागिरहेछ ।

देस बिकास तथा जनताको हक हित र अधिकारका निम्ति तत्कालिन नेकपा माओबादी र सरकार पक्ष बिच बिस २०५२ देखि ०६२ को जनयुद्ध जस्तै बाताबरण अजिवको बनेको छ ।  त्यतिबेला पनि त केही समय यस्तै थियो । अनाबश्यक घरबाहिर निस्कन नमिल्ने जे गरेनी आफ्नै घर भित्र आफ्नै सामीप्यतामा गर्नुपर्ने सायद त्यस्तै कर्फ्यु जस्तो लागिरहेछ आज भोलिको दिनचर्या पनि । १

यदि बिश्व ब्यापी रुपमा कयौ शक्तिशाली मुलुकहरुलाई नै हम्मेहम्मे पार्ने कोरोना भाईसकोभिड १९ नफैलिएको भए के महिनौसम्म घर भित्र बस्न सक्थेँ त संसारका मान्छेहरु ,के पालना गर्थे त राज्यको नियम ? यिनै प्रश्नहरु खेल्छन घरिघरी मनमा अनि डायरीका पाना पल्टाएर लेख्छु । लकडाउनसंगका लुकामारी गरेका हर रात……

महामारिले सबैलाई दुखी बनायो के गर्नु
आशा भरोसा हाल्लाले नै खायो के गर्नु ।

हिजो मात्रै सकिएथ्यो भान्सामा चामल
आज फेरि कोरोना गाउँमा आयो के गर्नु ।

आफू बच्न अरुलाई बचाउनको लागि त
आफनै घरमा परिवार सबै रमायो के गर्नु ।

नुन तेल चामल सकिएनी भोकै बस्नुपर्छ
सपना थियो घरमा आउने हरायो के गर्नु ।

नेपाल मात्र होइन आमा बिश्व नै सोकम छ
लाखौ जनता खरानी बनाई रुवायो के गर्नु ।

बिरेन्द्रनगर सुर्खेत लाटिकोईली स्थित एउटा बन्द कोठामा गुम्सिरहेछ जिन्दगी जुन कोठाको हालत केहि सातादेखि परिवर्तन हुन सकेको छैन । लकडाउनले पनि, परिबर्तन भए त केबल आलु हालेर ल्याएका प्लास्टिकका प्लोथिन दाल हालेर ल्याएका प्लास्टिकका प्लोथिन तर परिबर्तन भएन कोठाको संरचना बदलिएन कहिल्यै मेरो सोचाईको हालत, फेरिएन कहिल्यै बिस्ताराको हालत यतिसम्मकि फेरिएन कहिल्यै झुलको एरिया पनि । कहिलेकाहीँ सोच्छन होला मैले बिछ्याउने डसना, तन्ना, सिरानी तथा ओड्ने बलाङ्केटहरुले हामिले घामपानी नदेखेको पनि महिनौ भयो के यतिकै च्यात्तिएर सकिने हौ त हामी ?

र केके सोच्छन होला खाना पकाई खाने भाडाकुडाहरुले के हामिलाई फेरि नधोएर फलिदिने हो त यस्ले ? लाग्छ मलाई पनि मेरो जस्तै हालत छ यी कोठाको सर सामानहरुको के घाम पानि नदेखेरै खरानी बन्ने हुन त मेरा यी दौँतरी ? के मेरा सपना र दौतरी घाम पानी नदेखेरै बिलिन हुने हुन त ?

यी यावत सोचाई र भोगाईसंग बितिरहेछ जीवन लाग्छ एउटा निश्चित घेरा भित्रै बस्नु पनि एक प्रकारको कैद भोग्नु सरह हो ।
समय द्रुत गतिमा बितिरहेको छ आज ०७७ बैशाख १ गते नया बर्ष यसपालिको नयाबर्ष पनि खास भएन किनकी बिगतको जस्तो खुसी उमंगहरुले खासै ठाउँ पाएनन । पाए त केबल त्यही एक्लो पनको महसुस त्यही एक्लो कैदि जीवन ।

धेरै दिनपछि आज किन किन घरको याद पनि बहुत आएको छ लाग्छ यदि घरमा भएको भए यहि कैदी जिन्दगी नै भए पनि आमाको काखमा, आमाको सामिप्यमा त बिताउन मिल्थ्यो । मकैको रोटि र खोले सिस्नो भए पनि आमाको हातको मिठो मुस्कानसंग लुकामारी गरेर त काट्न पाईन्थ्यो । तर अपशोच यि सबै सपना अझै केहिदिन यस्तै हुण्डरी खप्नुपर्ने छ ।

मामा केबि मल्लले भन्नू हुन्थ्यो यदि साहस फेर्नु मात्र जिन्दगी हो भने गजबले चलेको छ जिन्दगी सायद बास्तबिकता पनि यहि हो । गजबले चलेका छन दिनहरु गजबले चलेका छन हरेक रात गजबले चलेका छन प्रत्यक पलहरु यसरी कि पानी बिनाको माछा जस्तै, हिउँ बिनाको हिमाल जस्तै,चार्ज सकिनै लागेको मोबाईल जस्तै,तेल बिनाको दियो जस्तै,यति सम्मकी मृत्युु घोषण गरेको बिरामीको जस्तै र सोच्छु कारागारको पनि कारागार गोलघर भित्रको अपराधी सरह जीवन चल्दैछ । धेरैसङ्ग भनिदिन्छु आजभोलिको जिन्दगी निश्चिति घेरामा तालाबन्दी भएर चलेको छ।

आमा देशको स्थिति भयानाक छ त्यो हजुरलाई पनि राम्रोसङ्ग थाह छ मर्ने बाच्ने कुनै ठेगान छैन । संसार भर फैलिएको कोरोना कोभिड १९ ले बचाएछ भने हजुरका सपनाहरुलाई गल्न दिने छैन । हजुरका म प्रतिका आशाहरुलाई निराशामा बदलिन नदिन हर बखत प्रयत्न गर्ने छु । बाँकी भगवान भरोसा दुनियालाई आतंकित बनाई राखेको भाईरसबाट सम्पुर्ण मुलुकले छुटकारा पाउन सधै प्राथाना गर्छु ।

अन्त्यमा

हामी घर जान नपाएर एक्लो कोठामा निसास्सिएका मजस्तै कयौँ विद्यार्थीहरुलाई घरसम्म पुग्ने मेलोमेसो मिलोस सरकारवाला या अन्य प्रतिनिधि ज्युहरु सङ्ग अनुरोध गर्छु । ता की केही दिन भए पनि घर परिवारसङ्ग बिताएर जिन्दगी सकियोस जस्ले मृत्युु पनि सजिलै स्विकार्न सकियोस ।