त्यसैले त गरिब ,दुखिया चिनेनन्…
प्रकासित मिति : २०७७ बैशाख ८, सोमबार ०९:१४
प्रकासित समय : ०९:१४
बिचराले खुर्पा, हँसिया चिनेनन्
सोफामा बस्छ, खटिया चिनेनन् ।
ऊसँग केवल ,ढुङ्गाको हृदय छ
त्यसैले त गरिब ,दुखिया चिनेनन् ।
हिजै गएको हो ,गाउँबाट मन्त्रीज्यू
गालाको कोठी, हुलिया चिनेनन् ।
वासमती खाएर, बासना डकार्छन्
हाम्रो कोदो फल्ने ,खोरिया चिनेनन् ।
आफै अनैतिक छ, गर्छ घुसखोरी
समाजको कुनै, माफिया चिनेनन् ।
इच्छाकामना -१, चितवन। हाल माडी -६, चितवन