भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित
काठमाडौं, विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारा बढी व्यक्तिको ज्यान गइसकेको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ हजार संक्रमित बनेका छन् । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७८ हजार बढी संक्रमित छन् ।
उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९८ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । फ्रान्समा १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ ।
त्यहाँ एक लाख २० हजार मानिस संक्रमित भएका छन् । फ्रान्समा एक लाख ५२ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । विश्वभर एक लाख ६५ हजारभन्दा बढी मानिसको मृत्यु र २४ लाख ६ हजार व्यक्ति संक्रमित हुँदा ६ लाख २४ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।