भरुवा बन्दुकसहित दुई पक्राउ
प्रकासित मिति : २०७७ बैशाख ८, सोमबार १५:१४
प्रकासित समय : १५:१४
काठमाडौं, कैलाली, मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीया धनसरा गिरी छन् ।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक र सालको काठ फेला पारी उनलाई पक्राउ गरको हो । साथै धनसराको श्रीमान चन्चल भन्ने रचन्द्र राज गिरी फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै पर्सा, वीरगन्ज महानगरपालिका–१० सिर्सिया बाइपास रोडस्थित जगदीश एन्ड ब्रदर्स समिल तथा फर्निचर उद्योगबाट अवैध १३ क्यु फिटको सतिसालको काठ १ सय २६ पिससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त सहमिलका सञ्चालक घडिअर्वा बस्ने ३५ वर्षीय हिरामन शर्मा छन् ।